दुबईमा नेपाली भुमिपुत्र ब्याण्डका
साथ यायोक्खाको चाँैथो अधिबेसन
असोज–१२÷दुबई, किराँत राई यायोक्खा यूएईको आयोजनामा शुक्रबारकादिन आफ्नो किराँत राई योयोक्खाको चाँैथो अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ । सो अधिवेशनमा किराँतीहरुको जमातबाट यूएईमा एक भुमिपुत्र नामक ब्यान्डको समेत उद्घाटन गरिएको थियो ।
सोही अधिबेशन यूएईको बरदुवईमा स्थित एभरेष्ट होटलमा शुक्रबारका
दिन आयोजना गरि यूएईको उत्साहित यूवाहरुले एक नयाँ ब्याण्ड सुचारु गरेका छन । सो व्याण्ड
यूएईमा रहेका नेपाली उत्साहित यूवाहरुले बिभिन्न लोक–भाका, पप–आधुनिक एवंम जागृति गराउने किसिमका
गितहरुको गाउदै अघि बढ्ने र बढाउने उदेश्यले सो ब्याण्डकाृ स्थापना गरिएको हो ।
प्रवासमा रहि श्रम तथा रोजगार गरिरहेका प्रत्येक नेपाली
किराँतीहरुलाई एक्यबद्धता गराउने मुख्य उद्देश्य रहेको सो अधिबेशन औपचारिक रुपमा सम्पन्न
गरिएको थियो । कार्यक्रमका सभापति कटक राई रहनु भएको थियो भने सो अधिवेशन बन्दसत्र,
साँस्कृतिक मानोरञ्जन
र नयाँ कार्य समितिको चयन गरि ३ चरणमा सम्पन्न भएको थियो । कार्यक्रमको सिलसिलामा उदघाट्न
भएको भुमिपुत्र ब्याण्डले आफ्नो प्रस्तुतीहरु सहित सहभागीहरुलाई भरपुर मनोरञ्जन गराएका
थिए ।
हाल उक्त ब्याण्डमा सात जनाको सक्रिय भुमिका रहेको छ
। जसमा सिसिर परियार, दिनेश माझी, बादिराज राई, दिप सुब्बा, आशिष राई, दिपराज नेवहाङ्ग लिम्बु र उमेश राईको रहनु भएको छ ।
सो ब्याण्डमा रहेका सात जना सदस्यहरुमा भिन्दा–भिदै आफ्नोपनहरु झल्काउने
खाल्का अनुभवीहरु रहेका छन । जसमा बाध्यबादन, तबला, मादल, थुम्बा साथै गायन, गित, गजल र साहित्यमा प्रखर रहेका
छन ।
अधिबेशनमा किराँत राई यायोक्खा यूएईको नव कार्यसमितिको
समेत चयन गरिएको थियो । कार्यसमितिमा उमेश राई अध्यक्ष, राजु राई, महेन्द्र राई र आशिष राई ३ उपाध्यक्ष,
मुम्चे राई “बिद्रोही साईला” महा–सचिब, बाल कुमार राई “विक्की” सचिब, पुष्पा राई कोषाध्यक्ष,
प्रभा राई सह–कोषाध्यक्ष,ओबेग राई प्रवक्ता,
भाईकुमार राई केन्द्रिय
सदस्य साथै सुबास संगम राई, द कैलाश राई, कबिता थुलुङ्ग राई, कुमार राई, मोहन राई, बि.आर राई गरि जम्मा १६ जना
पद्याधिकारी रहेका छन ।
भुमिपुत्र ब्याण्डका सदस्यहरुमा आफ्नै किसिमको सैली र
अनुभवहरु रहेका छन । जसमा दिनेश माझी– नेपाली आर्मीमा न्येउली र बाँसुरी बाधक, सिसिर परियार–एक सफल लिड गिटासिष्ट र ड्रमसेट
बाधक, बादिराज
मुकारुङ्ग राई– सफल संगितकार साथै कुसल किवोर्ड प्लेयर, दिप सुब्बा–सारंङ्गी र रिदम गिटार बाधक
साथै गायन, दिपराज– ड्रमसेट तथा भ्वाईलेन बाधक साथै बाण्डमा अग्रागामी रहनु भएको र उमेश राई साहित्य,
कला, गित, गजलकार साथै एक कुसल गायक
रहेको छ ।