Sunday, September 30, 2012

दुबईमा नेपाली भुमिपुत्र ब्याण्डका साथ यायोक्खाको चाँैथो अधिबेसन


दुबईमा नेपाली भुमिपुत्र ब्याण्डका साथ यायोक्खाको चाँैथो अधिबेसन



असोज१२÷दुबई, किराँत राई यायोक्खा यूएईको आयोजनामा शुक्रबारकादिन आफ्नो किराँत राई योयोक्खाको चाँैथो अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ । सो अधिवेशनमा किराँतीहरुको जमातबाट यूएईमा एक भुमिपुत्र नामक ब्यान्डको समेत उद्घाटन गरिएको थियो ।

सोही अधिबेशन यूएईको बरदुवईमा स्थित एभरेष्ट होटलमा शुक्रबारका दिन आयोजना गरि यूएईको उत्साहित यूवाहरुले एक नयाँ ब्याण्ड सुचारु गरेका छन । सो व्याण्ड यूएईमा रहेका नेपाली उत्साहित यूवाहरुले बिभिन्न लोकभाका, पपआधुनिक एवंम जागृति गराउने किसिमका गितहरुको गाउदै अघि बढ्ने र बढाउने उदेश्यले सो ब्याण्डकाृ स्थापना गरिएको हो ।

प्रवासमा रहि श्रम तथा रोजगार गरिरहेका प्रत्येक नेपाली किराँतीहरुलाई एक्यबद्धता गराउने मुख्य उद्देश्य रहेको सो अधिबेशन औपचारिक रुपमा सम्पन्न गरिएको थियो । कार्यक्रमका सभापति कटक राई रहनु भएको थियो भने सो अधिवेशन बन्दसत्र, साँस्कृतिक मानोरञ्जन र नयाँ कार्य समितिको चयन गरि ३ चरणमा सम्पन्न भएको थियो । कार्यक्रमको सिलसिलामा उदघाट्न भएको भुमिपुत्र ब्याण्डले आफ्नो प्रस्तुतीहरु सहित सहभागीहरुलाई भरपुर मनोरञ्जन गराएका थिए ।

हाल उक्त ब्याण्डमा सात जनाको सक्रिय भुमिका रहेको छ । जसमा सिसिर परियार, दिनेश माझी, बादिराज राई, दिप सुब्बा, आशिष राई, दिपराज नेवहाङ्ग लिम्बु र उमेश राईको रहनु भएको छ ।
सो ब्याण्डमा रहेका सात जना सदस्यहरुमा भिन्दाभिदै आफ्नोपनहरु झल्काउने खाल्का अनुभवीहरु रहेका छन । जसमा बाध्यबादन, तबला, मादल, थुम्बा साथै गायन, गित, गजल र साहित्यमा प्रखर रहेका छन ।

अधिबेशनमा किराँत राई यायोक्खा यूएईको नव कार्यसमितिको समेत चयन गरिएको थियो । कार्यसमितिमा उमेश राई अध्यक्ष, राजु राई, महेन्द्र राई र आशिष राई ३ उपाध्यक्ष, मुम्चे राई बिद्रोही साईलामहासचिब, बाल कुमार राई विक्कीसचिब, पुष्पा राई कोषाध्यक्ष, प्रभा राई सहकोषाध्यक्ष,ओबेग राई प्रवक्ता, भाईकुमार राई केन्द्रिय सदस्य साथै सुबास संगम राई, द कैलाश राई, कबिता थुलुङ्ग राई, कुमार राई, मोहन राई, बि.आर राई गरि जम्मा १६ जना पद्याधिकारी रहेका छन ।

भुमिपुत्र ब्याण्डका सदस्यहरुमा आफ्नै किसिमको सैली र अनुभवहरु रहेका छन । जसमा दिनेश माझीनेपाली आर्मीमा न्येउली र बाँसुरी बाधक, सिसिर परियारएक सफल लिड गिटासिष्ट र ड्रमसेट बाधक, बादिराज मुकारुङ्ग राईसफल संगितकार साथै कुसल किवोर्ड प्लेयर, दिप सुब्बासारंङ्गी र रिदम गिटार बाधक साथै गायन, दिपराजड्रमसेट तथा भ्वाईलेन बाधक साथै बाण्डमा अग्रागामी रहनु भएको र उमेश राई साहित्य, कला, गित, गजलकार साथै एक कुसल गायक रहेको छ ।

No comments:

Post a Comment